झापा,कात्तिक ११ । पर्यटन प्रवर्धनको उद्देश्य राखेर मकवानपुरका १३ जना साइकलयात्रीले आजबाट पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् ।

मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख बिमल आचार्य , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले खादा र अबिर लगाइदिएर उनीहरुलाई विदाई गरे ।मकवानपुरको हिमालयन राइडर्स सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा सेवानिवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायीहरुको सहभागिता रहेको छ ।

सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले नेपालमा साइकल संस्कृतिको प्रोत्साहनको खाँचो रहेको धारणा व्यक्त गर्दै पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत विकासको लागि मेची–महाकाली साइकलयात्राको आयोजना गरिएको बताए ।

पूर्वीनाका काँकडभिट्टाबाट आज विहान ८ बजे सुरु भएको सो यात्रा दश दिनमा महाकाली पुगेर समापन हुने नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्