झापा, कात्तिक १३ । हिजो साँझ झुन्डिएर आत्महत्या गरेका झापा कमल ६ का अनिल कार्कीलाई आत्महत्या गर्न लगाएको आफन्तले आरोप लगाएका छन् ।

हिजो साँझ घरमै उनी झुन्डिएको अबस्थामा फेला परेका थिए । पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो । त्यसपछि कार्कीका आफन्तले शव बुझ्न मानेका थिएनन् । कार्की र उनकी श्रीमतीबीच राम्रो सम्बन्ध नरहेको र उनीहरुको कलहकै कारण आत्महत्या गरेको हुनसक्ने कार्कीका मामा खेमबहादुर बुढाथोकीले बताए ।

आफन्तहरुले कमल ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईमाथि पनि आरोप लगाएका छन् । केही दिनअघि कार्की र उनकी श्रीमतीबीच झैझगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए । त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप रहेको छ । त्यही घटनाका कारण उनले आत्महत्या गरेको कार्कीका आफन्तले आरोप लगाएका छन् । त्यस विषयमा बुझ्न खोज्दा वडाध्यक्ष भट्टराईको मोबाइल नम्बर ९८५२६८३३९३ स्वीच अफ रहेको थियो ।

दमक प्रहरीले कार्कीको शव पोष्टमार्टमका लागि राति नै धरान पठाएको जनाएको छ । कार्की ससुरालीछेउमा घर बनाएर बसेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्