झापा , कात्तिक १३ । मोरङको बेलबारीमा माटोको ढिस्कोले पुरिएर हिजो साँझ एक जनाको मृत्यु भएको छ ।

ढिस्कोले पुरिएर बेलबारी नगरपालिका–१० सुनिता राजवंशीको मृत्यु भएको हो । प्रहरीका अनुसार बेलबारी–८ स्थित बलुवाईमा बाँसको झ्याङमुनि माटो खन्ने क्रममा अचानक ढिस्को खसेर उनलाई पुरेको थियो ।

ढिस्कोले पुरेपछि सँगै माटो खन्न गएकी स्थानीय गीता राजवंशीले उनको उद्धार गरेकी थिइन् । गम्भीर घाइते अवस्थामा उपचारका लागि उनलाई विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो। उनलाई साँझ ५ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्