झापा , कात्तिक १३ ।अब ट्राफिक चेकजाँचकाक्रममा नागरिक एपमार्फत् देखाएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)ले मान्यता पाउने भएको छ। सोमबार नागरिक एपले आफ्नो सामाजिक सञ्चालमार्फत् ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमा लिंक गरेको लाइसेन्सलाई मान्यता दिने व्यवस्था लागू भएको जनाएको हो। पोस्टमा लेखिएको छ, ’नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत् देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौँ।’यदि नागरिक एपमा लाइसेन्स लिंक गरिएको छैन भने चालकहरूलाई एपमा लाइसेन्स लिंक गर्न समेत पोस्टमार्फत् अनुरोध गरिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्