एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्धविराम गर्न अस्वीकार गरेका छन् ।

उनले हमासले आत्मसमर्पण गर्नुपर्ने शर्त राखेका छन् । उनले अहिलेको समय युद्धको भएको बताए । इजरायलले हमास विश्वबाटै समाप्त हुने र गाजा कहिल्यै पनि पहिला जस्तो नरहने घोषणा गरेको छ । नेतन्याहूले हमासविरुद्ध युद्धको घोषणा गर्दै हमासका सबै सदस्यलाई मारेरै छाड्ने चेतावनी दिएका छन् ।उता संयुक्त राष्ट्रसंघका सहयोगी एजेन्सीहरुले राष्ट्रसंघको सुरक्षा परिषदको इमर्जेन्सी बैठकमा गाजामा युद्धविराम गर्न पुनः आव्हान गरेका छन् ।

७ अक्टुबरदेखि हमासले आक्रमण थालेयता इजरायलमा १४ सयभन्दा बढीको मृत्यु भएको छ भने हमासले २३९ जनालाई बन्धक बनाएका छन् । उता इजरायली हमलामा परी गाजामा ८ हजारभन्दा बढीको ज्यान गइसकेको हमास शासित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्