बिर्तामोड, कात्तिक १४ । बिर्तामोड– ३ स्थित विराट बहुउद्देश्यीय सहकारी संस्था लि. ले १८ औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।

वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रम

संचालक समिति , लेखा सुपरीवेक्षण समिति , सल्लाहकार समिति , उपसमिति एवं अग्रज शेयर सदस्यहरुको उपस्थितिमा मंगलवार साधारणसभाको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिएको हो । विराट बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा यही कात्तिक १७ गते शुक्रवार अनारमनी पव्लिक क्याम्पस बिर्ताबजारको प्रांगणमा हुने भएको छ । संस्थाका अध्यक्ष मोहन सिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा साधारणसभाको तयारी तथा समीक्षा , साधारणसभामा प्रस्तुत हुने प्रगति प्रतिवेदन , सम्मानित हुने व्यक्तित्वहरुको नाम ,शेयर बोनस वितरण , कर्मचारी नियुक्तिलगायतका विषयमा छलफल गरी अनुमोदन गरिएको थियो ।

वार्षिक साधारणसभामा स्व. पर्शुराम सिटौला स्मृति पुरस्कार यस वर्ष समाजसेवी डिल्ली प्रसाईलाई प्रदान गरिने प्रस्ताव अनुमोदन भएको छ । विराट भरत विश्रान्तिका अध्यक्ष प्रसाईलाई ११ हजार १११ रुपैयाँको पुरस्कार प्रदान गर्ने निर्णय भएको सहकारीका प्रवन्धक रुद्रप्रसाद सिटौलाले बताए । उनले उत्कृष्ट बचतकर्ता द्रौपदाकुमारी गणेश , उत्कष्ट ऋणी अमिता ढुंगाना र उत्कृष्ट कर्मचारीको रुपमा बजार प्रतिनिधि छत्र तिम्सिनालाई सम्मान गर्ने निर्णय भएको समेत जानकारी दिए ।

पुरस्कृत हुन लागेका प्रसाई नेपालकै पहिलो र ठूलो ॐकार स्तम्भ बिर्तामोड ३ विराटपोखरीमा निर्माण गर्दै

कार्यक्रममा शेयर सदस्यहरु हरिचरण शिवाकोटी , देवेन्द्र राई , भिष्म उप्रेती , युवराज तिम्सिना ,विनोद गौतम , इन्द्रसिंह राजवंशी , इन्द्र प्रसाईलगायतले वार्षिक प्रतिवेदनमाथि जिज्ञासा राखेका थिए । जिज्ञासाको अध्यक्ष सिवाकोटी , प्रवन्धक सिटौला , व्यवस्थापक तेजप्रसाद पाठकले जवाफ दिएका थिए ।

संस्था स्थापनाको १८ औं वर्षसम्म आइपुग्दा विराटमा कूल ३ हजार ५३८ जना शेयर सदस्यहरुले कारोबार गरिरहेका छन् । संस्थाको कूल शेयर पूँजी ६ करोड ४२ लाख ६६ हजार १०० रुपैयाँ रहेको छ । ४७ करोड ८८ लाख २९ हजार ३४ रुपैयाँ वासलात रहेको संस्थाले यस वर्ष ६१ लाख ३६ हजार ८३४ रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्