झापा , कात्तिक १४ । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/02/petrol_pump_30yRZluanJ.jpg)
निगमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । यसअघि भने काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६८ रुपैयाँ थियो ।
निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाएको छ । यसअघि निगमले असोज २८ गते पेट्रोलको भाउ लिटरमै ११ रुपैयाँ घटाएको थियो ।