झापा , कात्तिक १५ । भारतबाट भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करिव ४ लाख ५० हजार मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

हिजो साँझ ७.३० बजे ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ५ मा भन्सार छली ल्याउँदै गरेको उलनको सर्ट ९३ पिस, जम्पर (हुडी) ११७ पिस र भेष्ट १४ पिस गरी अन्दाजी ४ लाख ५० हजार मूल्य बराबरको कपडा बरामद गरी आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्