झापा,कात्तिक१५। पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक भएको छ । सन् २०२३ अक्टोबर, एक महिनामा आएका पर्यटकको संख्याले रेकर्ड तोडेको हो। पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन्। यो एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च संख्या हो।यसअघिका महिनाहरूमा मासिक एक लाखसम्म पर्यटक घुम्न आएका थिए। अक्टोबरमा भने पर्यटकको ’फ्लो’ बढेको हो। कोभिडअघिको तुलनामा अक्टोबरमा १०६.०४ प्रतिशतले बढि भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्