झापा, कात्तिक १५ । नेपालमा प्रतिबन्धित विदेशी नोट र सामानसहित तीन भुटानी नागरिक नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरमा पक्राउ परेका छन्।

सशस्त्र प्रहरीको गस्ती टोलीले भारततिरबाट पैदल आउँदै गरेका उनीहरूलाई पशुपतिनगरको चारमाइल नजिकैबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भुटानको चिराङ जिल्लाका अन्दाजी ४४ वर्षीय फौदसिंह राई, त्यही जिल्लाका अन्दाजी २० वर्षीय विशाल राई र सर्वङ्ग जिल्लाका अन्दाजी ४५ वर्षीय धनकुमार राई रहेको जनाइएको छ।

उनीहरूको साथबाट सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्धित सामान र विदेशी नोट बरामद गरेको छ। उनीहरूबाट चार लाख २५ हजार रुपैयाँ बराबरको भारतीय नोट र अन्य सामान, तीन हजार सात सय ५६ का भुटानी नोट तथा दुई थान भुटानी राहदानी बरामद भएको हो । पक्राउ व्यक्ति र सामान सशस्त्र प्रहरीले इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्