झापा, कात्तिक १६ । टी-२० विश्वकपमा छनोट हुन नेपालले युएईसँग खेल्नुपर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपालको भेट युएईसँग हुने भएको हो ।समूह विजेता बन्ने लक्ष्यसहित बिहीबार मैदान उत्रिएको नेपालले ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन सकेन ।उता मूलपानीमा भएको समूह बीको खेलमा भने युएईले हङकङ २२ रनले हरायो । जितसँगै युएई समूह विजेता बनेकाले भोलि नेपालसँग फाइलनका लागि खेल्ने निश्चित गरेको हो १७७ रनको लक्ष्य पछ्याएको हङकङ ८ विकेट गुमाएर १५४ रनमा समेटियो ।एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो ।अब भोलि ११ बजे हुने खेलमा नेपाललाई त्यो हारको बदला लिएर विश्वकपमा स्थान बनाउने मौका छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्