झापा, कात्तिक १६ । हिन्दु धर्मावलम्बीहरुको महान चाड दसैं सकिएसँगै दोस्रो ठूलो चाड तिहार नजिकिँदै गएको छ । तिहार नजिकिएसँगै तराईको विशेष पर्व छठ समेत जोडिएर भित्रन्छ ।चाडपर्वहरु नजिकिँदै गर्दा मोरङको रंगेली नगरपालिका र सुनवर्षी नगरपालिकामा बसोबास रहेको कुमाल समुदाय माटाका सामग्री बनाउन भ्याइनभ्याइ भएको छ । लक्ष्मीपुजा र छठमा बढी प्रयोग हुने दियो-कलश, पाला, ढक्ना जस्ता सामग्री बनाउन उनीहरु व्यस्त छन् ।मोरङको रंगेलीस्थित आमगाछी र सुनवर्षी नगरपालिकाको कदमगाछीमा २४ घरधुरी कुमाल समुदायअन्तर्गत पण्डित जातीको बसोबास रहेको छ । उनीहरुले माटोबाट दियो, घैला, सीया, कुहा, मटकुरी, खुत्रुके, हात्ती, ढक्ना, दलिया, पाला, कलश जस्ता सामग्री बनाउँदै आएका छन् । उनीहरुको यसैबाट जीविकोपार्जन चल्छ ।तिहार र छठमा यी सामग्रीको विशेष माग हुने भएका कारण दसैं सकिएसँदै उनीहरुले ध्यान काममा केन्द्रित हुन्छ ।‘‘समयमा नयाँ-नयाँ प्रविधिको विकाससँगै यो पेसा सङ्कटमा पारिरहेको छ,’’ आमगाछी रंगेलीका विरेन पण्डितले भने, ‘‘विद्युतीय झिलिमिलि भित्रियो, दियो र पालाको माग घट्यो । तर मान्यता भने हटेको छैन ।’’उनका अनुसार जतिसुकै ठूला महलमा विद्युतीय झिलिमिलि लगाएपनि दियो, घडा र पाला बिना तिहार मनाउने प्रचलन हटिसकेको छैन । तर यसको सङ्ख्यात्मक प्रयोग भने घटेका उनकोे बुझाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्