झापा, कात्तिक १६ । बलिउड अभिनेता अमिताभ बच्चन एउटा विज्ञापनका कारण विवादमा तानिएका छन । उनले उक्त विज्ञापन अनलाइन रिटेल पोर्टल फ्लिपकार्टका लागि गरेका थिए ।उक्त विज्ञापनमा अमिताभले ‘यो सेलमा स्पेशल मोबाइल फोन डील्स तथा यस्ता अफरहरु पाइनेछ, जुन रिटेल स्टोरमा उपलब्ध छैन’ भन्नु नै भारी परेको छ ।स्मार्टफोनका रिटेलरहरुले अमिताभ बच्चनको उक्त विज्ञापनको आलोचना गरेका छन् । यस बारेमा अमिताभविरुद्ध गुनासो पनि दर्ता गराएका छन् । स्मार्टफोन रिटेलरहरुले विज्ञापनले खरिदकर्तालाई झुक्याएको आरोप लगाएका छन् । अल इन्डिया मोबाइल रिटेलर्स एसोसिएशनले यस बारेमा स्मार्टफोन ब्राण्डलाई एउटा चिठ्ठि लेखेको छ । अमिताभको विज्ञापनमा विवाद भएपछि कम्पनीले आफ्नो यूट्यूब च्यानलमा उक्त विज्ञापनलाई प्राइभेट गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्