बिर्तामोड , कात्तिक १६ । बिर्तामोडको पश्चिम स्टेण्डमा रहेको अनिल किराना स्टोरमा म्याद गुज्रिएका अखाद्य वस्तु बिक्री वितरण भईरहेको भन्ने गुनासो आएपछि आज बिर्तामोड नगरपालिकाले अनुगमन गरेको छ ।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा उजुरी परेपछि नगरपालिकाले अनुगमन गरेको हो । अनुगमनमा २ किलो कुहिएको छोकडा घाममा सुकाईरहेको फेला परेपछि जफत गरिएको छ ।

अनुगमनमा ३ दिन भित्रमा उपभोक्ताले देखिनेगरी मूल्यसूची टाँस्ने, तेल, बेसनलगायतका प्याकेटमा उत्पादन मिति स्पष्ट प्रिन्ट गर्न सम्बन्धित उद्योगहरुलाई निर्देशन दिने, प्याकिंग गर्ने खालका खाद्य वस्तुमा खाद्य अनुज्ञापत्र लिनेलगायतका निर्देशन दिएको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए ।

हेलो सरकारमा अनिल किराना पसलमा म्याद गुज्रिएका र गुणस्तरहीन वस्तु भण्डारण गरी बिक्री वितरण गर्ने गरेको गुनासो परेको थियो । नगर उपप्रमुख संग्रौलाको संयोजकत्वमा अनुगमन गरिएको हो । अनुगमनमा नगर कार्यपालिका सदस्य यमुना आचार्य, उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष मदनगोपाल सुव्वा, बिर्तामोड उद्योग वाणिज्य संघका कार्यालय सचिब राजु गौतमलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्