झापा , कात्तिक १६ । भारतबाट मोटरसाईकलको हेण्डिलमा प्वाल पारेर ब्राउनसुगर ल्याउने दुईजना मेची पुलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ईलाम चुलाचुली गाउँपालिका वडा नं.५ बस्ने ३२ वर्षीय भुपाल तामाङ र सोही ठाउँका २१ वर्षीय सिजन तामाङ रहेका छन् ।

आज साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नं.६ स्थित मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटंकीबाट नेपालतर्फ आउदै गरेको को.१४ प.४७६१ न.को मोटरसाईकललाई शंका लागेर चेकजाँच गर्दा मोटरसाईकलको हेण्डिलको बाँया साईडको प्वालमा कालो रंगको प्लाष्टिकमा राखिएको ७ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

मोटरसाईकल चालक भुपाल र पछाडी सवार सिजनलाई मोटरसाईकलसहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्