झापा,कात्तिक १८ । उपसभामुख इन्दिरा रानामगरले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितहरुको सहयोगका लागि उद्योगी व्यवसायीहरुलाई आव्हान गरेकी छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको छैटौं वार्षिक साधारणसभालाई शनिवार संवोधन गर्दै प्रतिनिधिसभाकी उपसभामुख रानामगरले उद्योगी व्यवसायीसहित हरेक व्यक्तिलाई आफ्नो गाँस काटेर भूकम्पपीडितहरुलाई सहयोग गर्न आव्हान गरेकी हुन् ।

यस्तो आपत्ति जुनसुकै क्षेत्रमा आउनसक्ने भन्दै उनले यो संवेदनशील अबस्थामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताले सहयोगको भावना देखाउनु पर्ने बताइन् । जलवायु परिवर्तनका कारण नेपाल र नेपालीहरुले यस्ता प्राकृतिक विपद् भोग्नु परिरहेको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्