झापा, कात्तिक १९ । गएराति धनगढीबाट बाजुरातर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

ग २ च २७७६ नम्बरको बोलेरो जिप दर्घटना हुँदा बाजुराको हिमाली गाउँपालिका ५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा र उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा, र ८ महिनाकी प्रार्थना मलालको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । मृतक प्रार्थनाकी आमा बिमलाको टाउको चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

घाइते हुनेहरूमा सोही ठाउँका प्रकाश बुढा, खोमबहादुर मलाल, दानबहादुर बुढा, बिमला मलाल,राजबहादुर मलाल रहेका छन् । उनीहरूको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।चालक बाजुरा गौमूल गाउपालिका ४ का महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिप डोटीको शिखर नगरपालिकाको अण्यौल भन्ने ठाउँमा दुर्घटना भएर सडकबाट ५० मिटर तल खसेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्