झापा, कात्तिक १९ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले जाजरकोट र रुकुमपश्चिम लगायतका विभिन्न जिल्लामा रहेको भूकम्प प्रभावितलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकार समक्ष गम्भीर ध्यानाकर्षण गराउने निणर्य गरेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास धुम्बाराहीमा आइतबार बिहान बसेको बैठकले सो निणर्य गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग कुर गर्दै उनले भने “जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका सन्दर्भमा बैठकले भूकम्प प्रभावितलाई तत्काल उद्धार, राहत र पुनर्स्थापना गराउन गम्भीर रुपमा सरकारको ध्यानाकर्षण गराउने निणर्य गरेको छ ।”उनले कांग्रेस केन्द्रीय सदस्यहरुबाट जम्मा गरेको कोषबाट भूकम्प प्रभावितलाई दिइने ५० लाख रुपियाँ आर्थिक सहयोग गर्ने निणर्य बैठकले अनुमोदन गरेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्