झापा , कात्तिक १९ । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।

मेचीनगर– २ का गोपाल रिजाललाई आज बिहान मर्निङ वाक गर्ने क्रममा हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनाएको मेचीनगर वडा नम्बर २ का वडा अध्यक्ष दिपक बरालले जानकारी दिए ।

स्थानीय रानागाउँ चोकमा ४२ बर्षिय रिजालमाथि हात्तीले आक्रमण गर्दा उनको ७ वटा करङ भाचिनुका साथै फोक्सोमा पानी जमेको चिकित्सकहरुले बताएका छन् । उनको बीएण्डसी अस्पतालको आइसीयुमा उपचार भइरहेको वडाध्यक्ष बरालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्