भद्रपुर, कात्तिक १९ । कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर १० को प्रारम्भिक साधारणसभाले नारायणप्रसाद चौलागाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ ।

शान्ति कृषक, सिर्जनात्मक कृषि र कलवलगुरी कृषि सहकारी संस्थाको एकीकरणपछि भएको प्रथम साधारणसभाले उपाध्यक्षमा भूमादेवी घिमिरे, सचिव निर्माणकुमार नेपाल, सहसचिव चुरेन्द्र कठायत र कोषाध्यक्षमा केशवप्रसाद कोइरालालाई निर्विरोध चयन गरेको हो ।

यसैगरी सदस्यहरूमा रामजी दाहाल, रामप्रसाद अधिकारी, लालबहादुर चाहार, नर्वदादेवी न्यौपाने, दुर्गा अधिकारी चयन भएका छन् भने लेखा समितिको संयोजकमा देवीप्रसाद दाहाल तथा सदस्यहरूमा हरिप्रसाद गौतम र कुलप्रसाद भट्टराई चयन भएका छन् ।
सहकारीका संयोजक देवीप्रसाद दाहालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्