भद्रपुर ,कात्तिक १९ । साना किसान कृषि सहकारी संस्था लि. चन्द्रगढीको आठौ बार्षिक साधारणसभा आईतवार सम्पन्न भएको छ ।

नेपाल कृषि सहकारी केन्द्रीय संघकी उपाध्यक्ष मिना ढकालले उद्घाटन गरेको कार्यक्रममा संस्थाकी अध्यक्ष देवीमाया अधिकारीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

उनले २ लाख ३२ हजार २ सय रुपैयाँ सहकारीका ४ सय ६६ शेयर सदस्यहरु बीच कारोवार रहेको बताउँदै संस्थाले हालसम्म गरेका गतिविधि तथा भावी कार्ययोजनाका बारेमा प्रकाश पारेकी थिइन् । कार्यक्रममा उत्कृष्ट कारोवारकर्ता दिलिप राजवंशी,बाल बचतकर्ता छात्र युगान निरौला, छात्रा टेरिसा खतिवडा,अन्तर समूहबाट महेश न्यौपाने र निता कार्की तथा जेष्ठ सदस्य ईन्दिरा कार्कीलाई सम्मान गरिएको थियो ।

अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढकाल,नेप्सुन केन्द्रीय सदस्य घनश्याम अधिकारी,कृषि सहकारी संघ झापा अध्यक्ष केशब सापकोटा,हरिकृष्ण अधिकारी, भद्रपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोज सुब्बा ,नयाँनाथ पाण्डे ,दिपबहादुर राउत ,भद्रपुर १० का वडा सचिव मनकुमार डाँगी, सुवास गौतमलगायतले मन्तब्य राखेका थिए । प्रबन्धक खेम नेपालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य सहकारीकी उपाध्यक्ष दुर्गादेवी पौडेल निरौलाले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्