झापा, कात्तिक १९ । बहुविवाह मुद्दाका फरार प्रतिवादी कन्काईका प्रेमप्रसाद अधिकारी पक्राउ परेका छन् ।

साविक सुरुङ्गा गा.वि.स.वडा नं.५, हाल कनकाई नगरपालिका वडा नं.३ बस्ने ४२ वर्षीय हरि भन्ने प्रेमप्रसाद अधिकारीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरेको हो ।

बहुविवाह मुद्दामा झापा जिल्ला अदालतको मिति २०६७ भदौ ६ मा भएको फैसला तथा सो फैसला सदर गर्ने गरी तत्कालीन पुनरावेदन अदालत ईलामको मिति २०७१ मंसिर २७ गतेको फैसला बमोजिम उनलाई १ बर्ष कैद र रू ५हजार जरिवाना तोकिएको थियो । अधिकारीलाई आज झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्