अर्जुनधारा , कात्तिक २० । झापाको अर्जुनधारा नगरपालिका–३ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड खुदुनावारीले ४० प्रतिशत अनुदानमा आधुनिक फलामको हातेहलो वितरण गर्ने भएको छ ।

खेती लगाउँदा लागत कम लाग्ने, श्रम र समयको बचत, उत्पादनमा बृद्धि गर्न सकिने भएकाले सो उपकरण वितरण गर्न लागिएको संस्थाका मुख्य प्रबन्धक गोपिकृष्ण लुइटेलले जानकारी दिए । उनले मुख्यगरी आलु, सिमी, राजमालगायत मकै बालीका लागि फलामको हलो बहुउपयोगी हुने बताए ।

संस्थाको २४ औं साधारणसभाबाट पारित निर्णयअनुसार किसानलाई व्यावसायिक कृषि खेतीमा आकर्षित गर्न ४० प्रतिशत संस्थाको अनुदान र ६० प्रतिशत कृषक समूहको लगानी रहने छ । वितरणका लागि फलामको हलो कार्यालयमा उपलब्ध भइसकेको र चाँडै शेयर सदस्यको मागअनुसार एक समूह एक हलो उपलब्ध गराइने संस्थाका अध्यक्ष कृष्णप्रसाद दंगालले जानकारी दिए । उनले आधुनिक उपकरणले कृषकको जीवनस्तरमा धेरै सहजता ल्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्