इलाम, कात्तिक २२ । जिल्ला प्रहरी कार्यालय इलामले भदौ र असोज महिनामा २३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

बिभिन्न मितिमा अदालतबाट दोषी भई कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीहरु पक्राउ परेका हुन् । पक्राउ परेका फरार प्रतिवादीहरुलाई अदालतसमक्ष पेश गरी थुनाको लागि इलाम कारागार इलाम पठाईएको कार्यालयका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुले बताए । उनले फरार प्रतिवादीलाई पक्राउ गरेपछि समाजमा शान्ति सुरक्षाको स्थिति थप सुदृढ भएको , सर्वसाधारण नागरिकले सुरक्षाको अनुभूति गर्न पाएको र पीडित परिवारले राहत पाएको बताएका छन् ।

उनका अनुसार इलाम जिल्लामा मात्र नभई अन्यत्र जिल्ला समेत लुकिछिपी बसेका फरार प्रतिवादीहरुलाई सादा पोशाकमा प्रहरी परिचालन गरी पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कर्तब्य ज्यान,ज्यान मार्ने उद्योग, जवरजस्ती करणी,बिष्फोटक पदार्थ,चोरी, सवारी ज्यान,वन,बहुविवाह,कुटपिट,घरेलु हिंसा र सार्वजनिक अपराध मुद्दाका प्रतिवादीहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले बाँकी रहेका फरार प्रतिवादीहरु समेतलाई पक्राउ गर्न खोजतलासलाई तिब्रता दिईरहेको डीएसपी जवेगुले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्