झापा, कात्तिक २३ । तिहार शुरु नहुँदै झापामा झिलिमिली बत्ती बाल्न थालिएको छ ।

बिर्तामोडका धेरै घरहरुमा विगत तीन दिनदेखि झिलिमिली बत्ती बाल्न थालिएको हो । त्यस्तै पटाका पड्काएको आवाज पनि सुनिने गरिएको छ । यस वर्षको तिहार कात्तिक २५ गतेबाट शुरु हुँदैछ । कात्तिक २५ गते काग तिहार र धन्वन्तरी जयन्ती , २६ गते लक्ष्मी पूजा , २७ गते गाई तिहार , २८ गते गोवर्धन पूजा र २९ गते भाइटीका परेको छ । कात्तिक २९ गते नै तिहार सकिने भएपनि सरकारले कात्तिक २६ देखि कात्तिक ३० गतेसम्म पाँच दिन तिहारको सार्वजनिक विदा दिएको छ ।

१ प्रतिक्रिया

  1. झिलिमिली तिहार आयो है! आफ्नो मोबाईलमा “तिहार धून्” बजाउनलाई 17211 मा PRBT 6055217 लेखी SMS गर्नुस। कर सहित शुल्क: रु ३१(३० दिन) वा रु ७.७५ (७ दिन )।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्