झापा , कात्तिक २३ । अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको बिच सिमाना बुद्धशान्ति –३ दुइरिङ्गेमा रहेको एक घरमा आगलागी हुँदा एक जना बृद्धाको जलेर मृत्यु भएको छ ।

७३ वर्षीया दिलकुमारी राईको आगलागीमा परी मृत्यु भएको हो । उनका श्रीमान भने घाइते भएको इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज प्रविन भट्टराईले बताएका छन् । त्यसबारे विस्तृत जानकारी प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्