झापा, कात्तिक २३ । झापा क्षेत्र नं ४ मा नेपाली कांग्रेसको महासमिति सदस्यको लागि भएको निर्वाचनमा तीनजना निर्वाचित भएका छन् ।

खस आर्य खुल्ला , खस आर्य महिला र आदिवासी जनजाति खुल्लातर्फको मत परिणाम सार्वजनिक भएको हो । जसअनुसार खस आर्य खुल्लामा खड्गबहादुर कार्की ३९२मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी चन्द्रमणि नेपालले २६० मत पाएका छन् । त्यस्तै खस आर्य महिलातर्फ अन्जुदेवी थपलिया निर्वाचित भएकी छन् । उनी ३५१ मतसहित निर्वाचित हुँदा उनका प्रतिष्पर्धी देवीकुमारी ओलीले २७१ मत हासिल गरेकी छन् । त्यस्तै आदिवासी जनजाति खुल्लामा मचिन्द्र शेर्मा ३८९ मतसहित विजयी हुँदा उनका प्रतिष्पर्धी सन्तोषकुमार मेन्याङ्वोले २६५ मत पाएका छन् ।अन्य क्लस्टरमा मतगणना जारी रहेको छ ।

यसअघि हिजो नै आदिवासी जनजाति महिला कोटामा सीता थेवे निर्विरोध निर्वाचित भएकी थिइन् ।
झापा ४ मा कांग्रेस महासमिति सदस्यको ११ पदमा १९ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्