झापा, कात्तिक २३ । झापा क्षेत्र नं ३ मा भएको नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।

जस अनुसार खुल्लामा गणेश पोखरेल ४०८ ,टीकाराज ढकाल ३२३ , मोहन महर्जन २८२ , रामप्रसाद दुलाल २७८ र विजय रिजाल २५१ मतसहित निर्वाचित भएका छन् । त्यस्तै खुल्ला महिलामा उर्मिलाकुमारी गौतम३४० र लता कार्की ३२८ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै आदिवासी जनजाति खुल्लामा भूमिप्रसाद राजवंशी ३३० मतसहित निर्वाचित भएका छन् । खुल्लातर्फ पाँचजनाको कोटामा १० जनाको उम्मेदवारी परेको थियो । टीकाराज ढकाल , ओमप्रकाश सरावगी , मोहन महर्जन , दयानन्द गोस्वामी , बडाराम हेमरम , विजय रिजाल , भगिरथकुमार पोद्धार , गणेश पोखरेल , रामप्रसाद दुलाल र जगत बस्नेतको खुल्लातर्फ उम्मेदवारी परेको थियो । त्यस्तै दुई जनाको महिला खुल्ला कोटामा उर्मिलाकुमारी गौतम , लता कार्की र शिला तामाङले उम्मेदवारी दिएका थिए । त्यस्तै खस आर्य महिलातर्फ सर्मिला अधिकारी , आदिवासी जनजाति महिलामा कृष्णकली राजवंशी र प्रत्यक्ष खुल्ला खस आर्यतर्फ नविन बिमलीको उम्मेदवारी परेकोमा तीनैजना निर्विरोध भइसकेका छन् । त्यस्तै आदिवासी जनजाति खुल्लातर्फ भूमिप्रसाद राजवंशी र गौरव सुब्बाले मनोनयन दर्ता गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्