झापा, कात्तिक २४ । झापा क्षेत्र नं ४ मा नेपाली कांग्रेसको महासमिति सदस्यको लागि हिजो भएको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ ।

खुल्लातर्फ ९ जनाले उम्मेदवारी दिएकोमा पाँचजना निर्वाचित भएका छन् । सिताराम भट्टराई ३८४ , देउकुमार थेबे ३७२ , उत्तमकुमार चौलागाई ३५८ भक्तिप्रसाद सिटौला ३३२ र एकराज उप्रेती ३२४ मत ल्याई निर्वाचित भएका हुन् । सोही पदमा उम्मेदवारी दिएका उत्तम शर्मा सुवेदीले ३२२ , भीमप्रसाद राजवंशीले ३०७ , किरण भट्टराईले ३०२ र पर्शुराम ढुंगानाले २९४ मत पाएका छन् । त्यस्तै खुल्ला महिलामा कविता घिमिरे बस्नेत ३८७ र धनमाया चिमरिया ३१० मतसहित निर्वाचित हुँदा सोही पदकी उम्मेदवार लखी गणेश २९४ मत ल्याई पराजित भएकी छन् ।

यसअघि खस आर्य खुल्ला , खस आर्य महिला र आदिवासी जनजाति खुल्लातर्फको मत परिणाम सार्वजनिक भएको थियोे । जसअनुसार खस आर्य खुल्लामा खड्गबहादुर कार्की ३९२मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी चन्द्रमणि नेपालले २६० मत पाएका छन् । त्यस्तै खस आर्य महिलातर्फ अन्जुदेवी थपलिया निर्वाचित भएकी छन् । उनी ३५१ मतसहित निर्वाचित हुँदा उनका प्रतिष्पर्धी देवीकुमारी ओलीले २७१ मत हासिल गरेकी छन् । त्यस्तै आदिवासी जनजाति खुल्लामा मचिन्द्र शेर्मा ३८९ मतसहित विजयी हुँदा उनका प्रतिष्पर्धी सन्तोषकुमार मेन्याङ्वोले २६५ मत पाएका छन् । आदिवासी जनजाति महिला कोटामा भने सीता थेवे निर्विरोध भएकी थिइन् ।

झापा ४ मा महासमिति सदस्यको ११ पदमा १९ जनाको उम्मेदवारी परेको थियो । निर्वाचनमा ७४४ मतदाता रहेकोमा ६८५ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्