झापा, कात्तिक २४ । आगामी मंसिर ७ गते व्यापक जनमानस उतारेर राजधानीमा नागरिक मुक्ति आन्दोलन गर्ने चेतावनी दिइरहेका बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईले त्यसको पूर्वतयारीका लागि बिर्तामोडमा कार्यक्रम गरेका छन् ।

हिजो बिर्तामोडको सिटी सेन्टर अगाडि आयोजित कार्यक्रममा सहभागीहरुको सामान्य उपस्थिति रहेको थियो । लघुवित्त , सहकारी संस्था र वित्तीय संस्थाहरुविरुद्ध आन्दोलनरत प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले विरोध कार्यक्रम गरेको हो । मंसिर ७ गतेको आन्दोलनको पूर्वतयारीस्वरुप सो कार्यक्रम गरिएको प्रसाईले बताए । कार्यक्रममा धर्मगुरुहरु श्रीनिवास आचार्य , पुष्कर खतिवडा , लिम्बुवान नेता प्रेमदीप थाम्सुहाङ,अभियानका सतिस पोखरेल , क्षितिज नाट्य समूहका माधव कल्पितलगायतले बोलेका थिए । उनीहरुले विशेषगरी नेकपा एमाले , एमाले अध्यक्ष केपी ओली , नेता महेश बस्नेतलाई बढी गाली गरेका थिए ।

कार्यक्रममा विभिन्न धर्मका धर्मावलम्बी , ग्रामीण क्षेत्रका आदिवासी जनजाति , मुस्लिमलगायतलाई भेला गराइएको थियो । प्रसाईले मंसिर ७ मा राजधानीमा २० लाख जनता उतार्ने चेतावनी दिदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्