झापा, कात्तिक २५ । जाजरकोट भूकम्पबाट २६ हजार ५५७ घर क्षतिग्रस्त बनेको छ । ३५ हजार ४५५ घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ । शाखाका अनुसार शुक्रबार बिहान १० बजेसम्म जाजरकोटमा भूकम्पबाट १ सय १ जनाको मृत्यु, १४५ घाइते र ९ हजार ७९४ घर क्षतिग्रस्त भएको छ । २४ हजार ७०७ घरहरूमा आंशिक क्षति पुगेको छ । त्यस्तै रूकुम पश्चिममा भूकम्पबाट ५२ जनाको मृत्यु, २०० घाइते र १६ हजार ५७० घर क्षतिग्रस्त भएको छ । ९ हजार ९६१ घरहरूमा आंशिक क्षति पुगेको छ । रूकुम पूर्वमा ९ घर भएको छ । १४८ घरमा आंशिक क्षति भएको शाखाले जानकारी दिएको छ । भूकम्पबाट रूकुम पश्चिममा १६ वटा सरकारी कार्यालय क्षतिग्रस्त र २१ वटा सरकारी कार्यालयमा सामान्य क्षति पुगेको शाखाको अद्यावधिक विवरणमा उल्लेख छ । भूकम्पपछिको उद्धार, खोज र राहतमा जारकोट जिल्लामा २६२ जना सशस्त्र, ५११ जना नेपाली प्रहरी र ५०२ जना नेपाली सेनाको जनशक्ति खटिएको शाखाले जानकारी दिएको छ । रूकुम पश्चिममा ११३ जना सशस्त्र, ३०० जना नेपाल प्रहरी र ४१३ जना नेपाली सेनाका जनशक्ति खटिएको पनि अद्यावधिक विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्