झापा, कात्तिक २४ । तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्र्याइएको प्रतिबन्धित बारुदजन्य विस्फोट पदार्थ (पटाका) सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

झापाका विभिन्न सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्र्याइएको करिब साढे ९ लाख मूल्य बराबरको पटाका बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
बरामद गरिएको १० वटा बोरामा जगमग बम, खुर्सानी बम, रकेट, झिरझिरे, अनारलगायतका पटाकाहरू रहेको डीएसपी श्रेष्ठले बताए । चाडपर्वलाई मध्यनजर गरी सीमा नाकाबाट पटाकाहरू तस्करीको माध्यमबाट भित्रिन थालेपछि नाकामा खटिएका सशस्त्र प्रहरीले निगरानी बढाउँदा सो मूल्य बराबरको पटाका बरामद गरिएको उनको भनाई छ ।

बरामद गरिएका पटाकाहरूलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा परिसरभित्र खाडल खनेर स्थानीय जनप्रतिनिधि, झापा उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरीको रोहवरमा शुक्रबार बिहान नष्ट गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्