झापा, कात्तिक २४ । बैंकिङ कसुर मुद्दामा फरार झापाका दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा तेह्रथुम साबिक चुहानडाँडा गाविस वडा नं.१ स्थायी घर भई हाल बिर्तामोड नगरपालिका वडा नं. २ बस्ने ३१ वर्षीय शम्सेर कन्दङ्वा र मेचीनगर नगरपालिका वडा नं १० बस्ने ३७ वर्षीया जुनु तिम्सिना रहेका छन् । फरार रहेका दुवैलाई शुक्रवार पक्राउ गरी झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उच्च अदालत बिराटनगर, ईलाम इजलासको २०७९ असोज ५ गतेको फैसला अनुसार कन्दङ्वालाई ७ दिन कैद , रु.७ लाख ५० हजार जरिवाना र रु. ३० हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय सुनाइएको थियो । त्यस्तै उच्च अदालत बिराटनगर, ईलाम इजलासको २०८० जेठ ३१ गतेको फैसला अनुसार तिम्सिनालाई ५ दिन कैद , रु.५ लाख जरिवाना र रु. २०हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय तोकिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्