झापा , कात्तिक २६ । पूर्वी नवलपरासीको देवचुली गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउने ७ जनाकै सनाखत भएको छ ।

जिपमा चढेका सबै ७ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अर्यालको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनास्थलमै ३ महिलासहित ६ जनाको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख बेदबहादुर पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पूर्वी नवलपरासी बौदीकाली गाउँपालिका वडा नम्बर ६ का २९ वर्षका चालक छनबहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वानटकी मगर,कमला वानटकी र बुलिङटार गाउँपालिकाकी १२ वर्षकी करिश्मा ठाडा रहेका छन् । त्यस्तै मध्यबिन्दु नगरपालिका वडा २ मदनपुर निवासी १८ वर्षका चिरन अर्याल र कावासोती वडा नम्बर १६ बस्ने बर्ष १७ का अस्विन गैरेको मृत्यु भएको छ ।

बौदीकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दल्दले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको बलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख पौडेलले जानकारी दिए । जिप अत्यधिक स्पीडमा रहेका कारण मोडमा घुम्न नसकेर दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनास्थल भन्दा ४२ किलोमिटर उत्तर पश्चिम बौदीकालीको माँझडाँडाबाट सुन्तलासहित स्थानीयहरु चढेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्