बरतलाल राजवंशी ,
कुमरखोद ।झापा गाउँपालिकामा आजदेखि शुरु खुल्ला नकआउट फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक विजयी भएको छ ।

आयोजक टीम र गोल्डेन गोल स्पोर्टस क्लव शिवसतासीबीच भएको खेलमा ३–० को गोल अन्तरले हराउँदै आयोजक विजयी भएको हो । आयोजकका तर्फबाट पहिलो गोल अनिस खड्काले ५ औं मिनेटमा गरेका थिए । त्यस्तै दोस्रो गोल सुरत राजवंशीले १९ औं मिनेटमा गरे भने दोस्रो हाफमा खड्काले पुनः अर्को गोल गरेपछि आयोजक टीम विजयी बनेको हो । आजको खेलको म्यान अफ द म्याच आयोजकका उमेश मुर्मू घोषित भए ।

झापा गाउँपालिका वडा नं. २ को जोरमाई युवा क्लव सडकवाडीको आयोजनामा क्लबकै खेलमैदानमा प्रतियोगिता संचालन गरिएको हो । आगामी मंसिर ३ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजकसहित ८ टीमले भाग लिएको अध्यक्ष केबल लिम्बूले बताए ।

प्रतियोगितामा आयोजक , गोल्डेन गोल स्पोर्टस् क्लब शिवसतासी, एकता स्पोर्टिङ क्लब चारपाने , जामुनखाडी युवा क्लब , दमक एफसी , झापा एफसी, स्वतन्त्र युवा क्लब महाभारा गौरीगञ्ज र जलथल एफसीको सहभागिता रहेको छ ।
प्रतियोगिताका विजेता टिमलाई ५५ हजार ५५५ र उपविजेता टिमलाई ३५ हजार ५५५ नगद पुरस्कार साथै ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका कोषाध्यक्ष हेमकुमार राजवंशीले बताए । प्रतियोगितामा बेस्ट डिफेन्स , बेस्ट किपर , बेस्ट प्लेयर , उदीयमान खेलाडी र हाईस्कोररले समेत नगदसहित मेडल पाउने भएका छन् ।

प्रतियोगिताको उद्घाटन झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले गरेका थिए । उद्घाटन कार्यक्रममा वडा नं २ का वडाध्यक्ष हिमालकुमार चम्लागाई , वडा नं ७ का वडाध्यक्ष सखिचन्द्र ठाकुर , वडा नं ३ का वडाध्यक्ष ताहिर मुल्वी,समाजसेवी उत्तमकुमार सुवेदी , ईलाका प्रहरी कुमरखोदका सई कुलबहादुर मगर , टाँघनडुब्बा विओपी प्रमुख अर्जुनकुमार ढकाल , बाबरी परियार ,पूर्व वडाध्यक्ष राजुजंग भारती , जुडो राष्ट्रिय रेफ्री जगतबहादुर खड्का, जग्गादाता रत्नबहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो । दोस्रो दिनको खेल एकता स्पोर्टिङ क्लब चारपाने र जलथल एफसीबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्