झापा,कात्तिक २७ । तिहारमा झापाका विभिन्न स्थानमा आगलागी भएको छ ।

यसक्रममा आज बिहान झापा गाउँपालिका वडा नं ६ हनुमान चौकपूर्व राजन मण्डलको घरमा आगलागी भएको छ । बिहान ४ः४५ बजे बिद्युतद्वारा आगलागी भएको हो । घटनामा अन्न , लताकपडा, कागजपत्रलगायत सम्पूर्ण सामान पूर्ण रुपले जलेर नष्ट भएको छ ।

त्यस्तै हिजो दमक ५ मोडल क्याम्पस पछाडि परालमा आगलागी भएको थियो । तिहारको बेला सचेततापूर्वक बिजुली प्रयोग नगर्दा र पटाका पड्काउँदा आगलागी हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्