धनुषा, कात्तिक २८ । धनुषामा रेलले किचेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुने भारतीय नागरिक ५० वर्षीय विन्देश्वर दास रहेको प्रहरीले जनाएको छ । धनुषाको विदेह नगरपालिकामा आज बिहान ९ः३० बजे दासको रेलले किचेर मृत्यु भएको डीएसपी रंजन अवाले बताए । मृतक दासको घर भारतको मधुवनी जिल्लाको जयनगर, बेल्ही रहेको डीएसपी अवाले बताए।

उनका अनुसार बैदेही स्टेशननजिकै रहेको पुलको रेल्वे लिकमा बाटो काट्ने क्रममा रेलले किचेर दासको मृत्यु भएको हो । रेल धनुषाको कुर्थाबाट बिहान ८ः३० बजे जयनगरका लागि छुटेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्