संखुवासभा, कात्तिक २८ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय चैनपुरले सोमबार मध्यरातमा जुवातास खेलिरहेका चैनपुर नगरपालिका–३ तीनखोप्रेका प्रेमबहादुर कटुवाल, रिन्जेवांदी शेर्पा, भरत खत्री, रवीन कटुवाल, सुरेन्द्र खत्री, सूर्यकिरण भण्डारी र मोहनकुमार अधिकारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । उनीहरुको साथबाट ३८ हजार ३ सय ३५ रुपैयाँ बरामद गरिएको छ ।

प्रनाउ श्रेष्ठका अनुसार खाँदबारी नगरपालिका ४ मा डाईस पक्राउ गर्न खोज्दा प्रहरीमाथि हातपात गर्ने ४ जना पनि पक्राउ परेका छन् । प्रहरीको मोटरसाईकल तोडफोड र प्रहरीमाथि हातपात गरेपछि उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा भीमबहादुर राई, खेदरकुमार राई, ईश्वर मग्रान्ती र गर्बुराम राई रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्