झापा, कात्तिक २९ । झापाको बिर्तामोड– ५ अग्रसेन भवन छेउमा श्रीमती बितेको ४८ घण्टा नबित्दै श्रीमानको निधन भएको छ ।

शान्तिपुर–झापा एकता समाजका अध्यक्ष ज्ञानेन्द्र अधिकारीका माता ६८ वर्षीया निर्मला पौडेल अधिकारीको लक्ष्मीपूजाको भोलिपल्ट कात्तिक २७ गते बिहान ११.४५ बजे गाई तिहारका दिन ६८ वर्षको उमेरमा निधन भएको थियो । त्यसको ४८ घण्टा नबित्दै अधिकारीका पिता ७४ वर्षीय खगप्रसाद अधिकारीको गएराति ११ बजेर ११ मिनेटमा निधन भएको हो ।

गोबर्द्धन पूजाको राति निधन भएका अधिकारीको आज भाइटीकाको दिन दिउँसो १ बजे कन्काई माईमा अन्त्येष्टि गरिने आफन्त शम्भु दाहालले बताए । अधिकारी परिवार इलामको साविक शान्तिपुरबाट बसाइ सरी बिर्तामोड ५ मा आएका थिए । अधिकारी दम्पत्तिका छोराबुहारी ज्ञानेन्द्र, कला अधिकारी,छोरीहरु देवी अधिकारी खनाल होक्से, सीता अधिकारी थापा बेलायत, गीता अधिकारी काठमाडौमा रहेका छन् । गीता अधिकारी नेपाली चलचित्रकी अभिनेत्री हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्