बिर्तामोड, कात्तिक २९ । बिर्तामोडका शिक्षासेवी तथा समाजसेवी नरेशमान धिमालको निधन भएको छ ।

बिर्तामोड ५ निवासी करिव ६५ वर्षीय धिमालको उच्च रक्तचापका कारण बीएण्डसी हस्पिटलमा उपचारका क्रममा आज बिहान ११.३० बजे निधन भएको हो ।

टावर टेम्पल स्कूलका संस्थापक धिमाल, धिमाल जाति विकास केन्द्र , गौरवशाली बचत तथा ऋण सहकारी संस्थालगायतका विभिन्न संस्थाहरुमा आवद्ध रहेका थिए । उनका श्रीमती , वीरता जेसीजका पूर्व अध्यक्ष राजीव धिमालसहित दुई छोरा , दुई बुहारी , दुई छोरी रहेका छन् ।उनको कात्तिक ३० गते बिहान ९ बजे चारआली जंगल परिसरमा जातीय परम्परा अनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्