झापा, कात्तिक २९ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको बुधबार भएको सेमिफाइनलमा भारतीय क्रिकेटर विराट कोहलीले कीर्तिमानी ब्याटिङ गरेका छन्।

उनले ११७ रनसहित एकदिवसीय खेलमा ५०औं शतक प्रहार गरेका हुन्। यसअघि भारतीय क्रिकेटर सचिन तेन्दुलकरले एकदिवसीय खेलमा ४९ औं शतकको कीर्तिमान बनाएका थिए। भारतको मुम्बईमा भइरहेको न्यूजिल्यान्डविरुद्धको खेलमा अघिल्लो साता सचिनको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान कोहलीले बराबरी गरेका थिए।
आफ्नो ३५ औं जन्मदिनको दिन विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध शतक पूरा गरेर उनले सचिनसँग बराबरी गरेका थिए।

बुधबारको एकदिवसीय खेलमा उनले सर्वाधिक शतकको नयाँ कीर्तिमान बनाएका हुन्। उनले खेलमा ११३ बलमा ९ चौका र २ छक्कासहित ११७ रन बनाए। योसँगै कोहली ओडीआई करिअरकै सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन्।
कोहलीले वनडे वर्ल्डकपमा सर्वाधिक ७११ रन बनाउने खेलाडीको रेकर्ड पनि आफनो नाममा बनाएका छन्। यसअघि यो रेकर्ड पनि सचिनकै नाममा थियो। उनले सन २००३ को वर्ल्डकपमा ६७३ रन बनाएको थिए।

कोहलीले ५०औं शतक पुरा गरेपछि दुवै हात झुकाएर सचिनलाई नमन गरे भने श्रीमती अनुश्कालाई फ्लाई किस गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्