एजेन्सी ।भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ।

घरेलु मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले न्युजिल्याण्डलाई ३९८ रनको लक्ष्य दिएको थियो। विशाल रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४८.५ ओभरमा ३२७ रन बनाउँदै अलआउट भयो।

भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३९७ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले ११७, श्रेयस् ऐरले १०५ र सुमन गीलले ८० रन जोडे।

जवाफी ब्याटिङमा न्युजिल्याण्डका लागि डेरिल मिचेलले सर्वाधिक १३४ रन बनाए भने कप्तान केन विलियमसन ६९ रन जोडे।

९.५ ओभर बलिङ गरेका भारतका बलर मोहम्मद सामीले ५७ रन खर्चिएर सात विकेट लिए। भारतका लागि जसप्रित बुम्राहा, कुलदीप यादव र मोहमद सिराजले एक–एक विकेट हात पारे।

भारतले दोस्रो सेमिफाइनलको विजेतासँग मंसिर ३ गते हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्