झापा, कात्तिक ३० । विगत दश दिनदेखि बेपत्ता झापा बाह्रदशी– ५ का ४० वर्षीय ताला हस्दा मृत फेला परेका छन् ।

सांकेतिक तस्वीर

उनी हिजो बिर्तामोड १० को बाँसघारीमा झुन्डिएको अबस्थामा फेला परेका हुन् । केही दिनअगाडि नै उनी झुन्डिएको हुनसक्ने अनुमान गरिएको छ । उनले लगाएको कपडाले पहिचान गरिएको हो ।

उनको अनुहार नचिनिने कुहिएको अबस्थामा पुगिसकेको र लाशलाई पोस्टमार्टम गरी परिवारलाई जिम्मा दिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्