कुमरखोद, कात्तिक ३० ।झापा गाउँपालिका वडा नं २ सडकवाडीमा आज दिउँसो आगलागी हुँदा करिव ३ लाख ६० हजार मूल्य बराबरको क्षति भएको छ ।

दिउँसो करिव ३ बजे राम हेमरमको घरमा कोही नभएको बेला अचानक आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरको बिजुलीको बोर्डवाट सर्ट भई आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

आगलागीबाट हेमरमको जस्ताले छाएको बाँसको टाटीबेरा भएको घर र घरभित्र रहेको नगद , खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा जल्दा करिव ३ लाख ६० हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख, प्रहरी नायव निरीक्षक कुलबहादुर मगरले बताए । आगलागीलाई जनप्रतिनिधि , स्थानीयवासी, सशस्त्र प्रहरी बल टाँघनडुब्बा विओपी र ईप्रका कुमरखोदका प्रहरीले नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्