झापा, मंसिर १ । झापामा दिनहुँ आगलागी हुनेक्रममा कचनकवलमा भएको आगलागीबाट दुई घर जलेर नष्ट भएको छ ।

आज बिहान ८.३० बजे कचनकवल ३ का मनिर मिया र चैतु मियाको घरमा आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए ।

आगलागीबाट २ लाख ४० हजार नगद,एउटा मोटरसाइकल , २ तोला सुन , चाँदी , खाद्यान्न , लत्ताकपडालगायत जलेर नष्ट भएको अध्यक्ष राजवंशीले बताए । स्थानीयवासी र भद्रपुर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट भई सो आगलागी भएको जनाइएको छ । हिजो मात्र झापाको दुई ठाउँमा आगलागी भएको थियो ।

दिउँसो २.३० बजे झापा गाउँपालिका वडा नं २ सडकवाडीमा राम हेमरमको एक तले कच्चीघरमा बिजुली सर्ट भई आगलागी हुँदा लताकपडा, अन्नपात, काठ र अन्य सरसामान गरी ३ लाख ६० हजार बराबरको क्षति भएको थियो ।

त्यस्तै हिजो दिउँसो १.१० बजे बुद्धशान्ति ३ गैरीगाउँ सुब्बा टोलमा मनबहादुर आङदम्बेको घरनजिकै खेतमा राखिएको परालको कुन्यु र धानको कुन्युमा आगलागी हुँदा एक लाख पचास हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्