बिर्तामोड, मंसिर १ । झापाको बिर्तामोडबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिक २९ औं बर्षमा प्रवेश गरेको छ ।

पूर्वाञ्चल दैनिकले मोफसलमा पहिलो अफसेट प्रविधि भित्र्याएको थियो । श्रीअन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चल दैनिक ‘क’ श्रेणीमा वर्गीकृत समाचारपत्र हो । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रत्यक्ष बिक्री वितरण हुँदै आएको पूर्वाञ्चल अनलाइन पोर्टलसमेत रहेको छ ।

२९औं वर्ष प्रवेशको अवसरमा पूर्वाञ्चलले आफ्ना समस्त पाठक, विज्ञापनदाता, सञ्चारकर्मी, कर्मचारी मित्रहरु, शुभिचन्तक लगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्