झापा, मङ्सिर १ । अन्नको भण्डार मानिने तराईका जिल्लामा धान काट्न किसानलाई भ्याइनभ्याइ हुन थालेको छ । दसैँ सकिएसँगै तराईका खेतीयोग्य जमिनमा धान पहेँलै भएर पाक्न सुरु भएपछि किसानलाई धान काट्ने चटारो परेको छ । तिहार नजिकिँदै गर्दा अगौटे धान भित्र्याउन किसानलाई थप चटारो परेको हो । अगौटे धान भित्र्याउनुपर्ने भएकाले तराईका जिल्लामा किसान खेतमै व्यस्त हुन थालेका छन् । असोज अन्तिमबाटै अगौटे धान काट्न सुरु गरेका किसानले दसैँ सकिएलगत्तै काट्ने, दाउनी गर्ने र भित्र्याउने काम सुरु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्