झापा , मंसिर २ । भूकम्पपछि त्रिपालमा बस्दै आएका पाँच पीडितको चिसोका कारण मृत्यु भएको छ । 

शुक्रबार दुई जना, गत बुधबार एक जना र गत शुक्रबार दुई जनाको चिसोका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा वृद्धवृद्धा छन् ।जाजरकोटस्थित बारेकोट गाउँपालिका–४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह र बारेकोट–१ रामीडाँडाका ७० वर्षीय डुमे पुनको शुक्रबार मृत्यु भएको हो । भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको बुधबार मृत्यु भएको हो भने गत शुक्रबार नलगाड नगरपालिका–४ लहास्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।पछिल्लो समय ज्यान गुमाएका तीनै जना दमका बिरामी थिए ।

बारेकोट गाउँपालिकास्थित आधारभूत अस्पताल लिम्साका डा. राहित मिश्रका अनुसार भूकम्पपीडितहरू रुघाखोकी, ज्वरो, पखालालगायत स्वास्थ्य समस्याबाट पीडित भएका छन् । दैनिक करिब डेढ सय बिरामी अस्पतालमा आउने गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्