झापा , मंसिर ३ । झापा सुरुङ्गाका सयबढी युवालाई रोजगारीका लागि क्रोएसिया लगिदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने संजय सरदार बिराटनगरबाट पक्राउ परेका छन् ।

मोरङ पोखरीया घर भई हाल कनकाई नगरपालिका ३ कनकाई टोलमा डेरा गरी बस्ने ३९ बर्षिय संजय सरदारलाई विराटनगरको कटहरीस्थित आदर्शनगरबाट गएराति ९ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।

कनकाई नगरपालिका ३ सुरुङ्गा बजार , कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका सयबढी युवालाई राम्रो देशमा रोजगारी लगाइदिने भन्दै उनले प्रतिव्यक्ति १ लाखदेखि ३ लाखका दरले रकम लिएका थिए । सरदारलाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यायलय बिराटनगरमा राखिएको प्रहरीले जनाएको छ ।

सरदारले त्यहाँका अन्य मानिसहरुलाई समेत विदेश पठाइदिने भन्दै रकम ठगी गरेको बताइएको छ । सरदारले गरेको ठगीको विषयमा जिल्ला प्रशासन कार्यालय झापा, वैदेशिक रोजगारी विभागलगायतमा उजुरी परेको थियो । गत साउन महिनादेखि उनी बेपत्ता रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्