झापा, मंसिर ३ ।झापाको मेचीनगर– १३ चारआलीस्थित एक पसलमा आगलागी भएको छ ।

गएराति १ः५० बजेको समयमा अनिता शर्मा न्यौपानेको टिन र काठबाट बनेको खाजा पसलमा बिद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट पसल र पसलमा रहेका ग्याँस चुला,टेवललगायतका सामान पूर्ण रुपमा जल्दा २ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त आगो स्थानीयबासी,प्रहरी र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा राति २ः२० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्